केन्द्रबिन्दु संवाददाता । काठमाण्डौ, १३ भदौ ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिन्दी विभाग, काठमाण्डौ तथा भारतीय राजदुतावासको संयुक्त आयोजनामा ‘स्त्री विमर्श : कल, आज और’ सम्पन्न भयो ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाको प्रमुख आतिथ्य एवम् त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको उक्त दुई दिवसीय कार्यशाला गोष्ठीमा भारतबाट हिन्दीका वरिष्ठ साहित्यकार ममता कालिया, प्रो. डा.गरिमा श्रीवास्तव (जे.एन.यू.), प्रो. डा. कुमुद शर्मा (डी.यू.) र नेपालबाट प्रा.रमेश भट्टराई, साबित्री कक्षपतिले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यशालाको बीज मन्तव्य भारतीय साहित्यकार ममता कालियाले व्यक्त गरेकी थिइन् । पहिलो तथा दोस्रो दिनको कार्यक्रम दुई सत्रमा विभाजित थियो । पहिलो दिनको प्रथम सत्र समुदघाटनको रूपमा मनाइएको थियो भने दोस्रो सत्रमा प्रो. डा. गरिमा श्रीवास्ताव र प्रो. डा. कुमुद शमाले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए जसमाथि समीक्षात्मक टिप्पणी डा. रामदयाल राकेशले व्यक्त गरेका थिए । त्यसैगरी दोस्रो दिन पहिलो सत्रमा नेपालका साहित्यकार प्रा. रमेश भट्टराई तथा सावित्री कक्षपतिबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।
जसमाथि प्रा.डा.ज्ञानु पाण्डेयले आफ्नो समीक्षात्मक टिप्पणी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा महिलाहरूको विगत तथा वर्तमान अवस्थाबारे चिन्तन मनन गरिँदै भविष्यको अवस्था आदिबारे प्रकाश पारिएको थियो ।





























प्रतिक्रिया