केन्द्रबिन्दु डेस्क । काठमाडौं, २० साउन ।
हामी स्वंमलाई थाहा छैन, आफ्नै जीवनसँग जोडिएको रोचक तथ्य । जस्तो कि, जब हामी धेरै तनाव लिन्छौं, हाम्रो दिमाग थोरै क्षणको लागि शून्य हुन्छ । अर्थात विलकुल निस्क्रिय हुन्छ । हाम्रो मस्तिष्कले आफै कुनै अनुहारको आकृति तयार गर्न सक्दैन । सपनामा हामी त्यही अनुहार देख्छौं, जो खुला आँखाले कहिं कतै देखिएको हुन्छ । यस्तो थुप्रै रोचक तथ्य छन्, जीवन र जगतसँग जोडिएका ।
– एक अध्ययनबाट के तथ्य फेला परेको छ भने, दुनियाभरका मानिसले आफ्नो खानाका लागि प्रति सेकेन्ड १७ सय बढी जनवार मारिरहेका हुन्छन् ।
– हवाइ जहाजमा यात्रा गरिरहेको बेला त्यहाँ सर्भ गर्ने खाना हामीलाई किन मनपर्दैन ? किनभने त्यो उचाईमा हाम्रो सुँघ्ने र स्वाद लिने क्षमता २० देखि ५० प्रतिशतसम्म कमी आउँछ ।
– ९० प्रतिशत व्यक्ति त्यस समय केवल हाँस्छन्, जब उनले सामुन्नेको व्यक्तिको कुरा बुझ्दैनन ।
– एक सोध अनुसार बुद्धिमान मानिस एक्लो हुँदा आफैसँग गफ गरिरहेका हुन्छन् ।
– विश्वभर प्रतिवर्ष मानिसले जति खाना खान्छन्, त्यसको आधा त्यतीकै नष्ट गरिरहेको हुन्छ ।
– जो व्यक्ति हात र खुट्टा फैलाएर पेटको बलले सुत्छन्, उनीहरु आफ्ना कुनैपनि काम स्वतन्त्र ढंगले गर्ने प्रवृत्तिका हुन्छन् ।
– हरेक मानिसले आफ्नो जीवनकालमा औसत ६० हजार लिटर पानी पिउँछन् ।
– मानिसको शरीरको एक इन्च बर्ग क्षेत्रमा तीन करोड २० लाख ब्याक्टेरिया हुन्छ ।
– औसत हरेक मानिसले सुत्नका लागि सात मिनेट समय लगाउँछन् ।
– हाम्रो जिन्दगीको ३० प्रतिशत जिन्दगी केवल सुतेर बित्छ ।
– जो व्यक्ति राती काम गर्छन्, उनीहरुको तौल साधरण भन्दा बढी हुन्छ ।
– हरेक बर्ष शार्कको हमलाबाट जति मान्छेले ज्यान गुमाउँछ, त्यो भन्दा बढी नरिवल टाउकोमा बज्रिएर मर्छन् ।
– औसत हरेक मान्छेको जीवनमा एक बर्ष यतायताको सामन खोजेरै वित्छ ।
– विश्वको सात अर्ब जनसंख्यामा केवल चार जना मात्र यस्ता व्यक्ति हुन्छन्, जो एक सय १६ बर्षको उमेर बाँचिरहेका हुन्छन् ।
– एक सामान्य मानिस दिनमा दश पटक हाँस्छन् ।































प्रतिक्रिया