यी १० संकेत, जसलाई हल्का रूपमा लिनु हुन्न

यी १० संकेत, जसलाई हल्का रूपमा लिनु हुन्न

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ९ साउन, काठमाडौं ।

छालामा सानोतिनो समस्या आउनु ठूलो कुरा हाइन । तर, कहिलेकाहीँ हामीले सामन्य सोचेका यस्ता समस्याले गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले यहाँ प्रस्तुत छन् छालाका यी १० संकेत, जसलाई हल्का रूपमा लिनु हुन्न ।

१. डन्डिफोर
अनुहारमा डन्डिफोर छ भने त्यसले पेटसम्बन्धी कुनै समस्या भएको संकेत गर्छ । साथै यसले शरीरमा हार्मोनको गडबडी भएको पनि जनाउ दिन्छ । यो समस्या बढ्नासाथ तुरुन्तै चिकित्सककहाँ देखाउनु पर्छ ।

२. सेतो वा पहेँलो दाग
छालामा कहिलेकाहीँ सेतो वा पहेँलो दाग देखिन सक्छ । यो शरीरमा कोलेस्ट्रोल बढ्ने संकेत हुन्छ । यसले हृदय रोगको समेत संकेत गर्छ ।

३. आँखी भौं पातलो हुनु
आँखी भौं कसैको बाक्लो हुन्छ, कसैको पातलो । यो खासै अस्वभाविक होइन । तर, अचानक आँखी भौं पातलिँदै गएको छ भने सतर्क हुनैपर्छ । किनभने, यसले थाइराइडको संकेत गर्छ ।

४. नङमा कालो दाग
नङमा कालो दाग देखा प¥यो भने निकै सतर्क हुनुपर्छ । चाहे त्यो हातको नङमा होस् वा खुट्टाको । यस्तो दागले क्यान्सरको संकेत गर्छ ।

५. सुन्निनु
खास कारण बिना नै अनुहार सुन्नियो भने सजगता अपनाउनु पर्छ । किनभने, यसले धेरैथरी रोगको संकेत गर्छ, जस्तो– हाइपोथाइराइड, एनीमिया, एन्जियोएडिमा । मृगौलाको समस्यामा पनि यस्तो संकेत देखिन्छ ।

६. दाह्री पातलिनु
अक्सर यसबारे हामीलाई हेक्का हुँदैन । तर, हाम्रो दाह्रीको रौं पनि कहिलेकाहीँ अस्वभाविक रूपले पातलिँदै जान्छ । यसले हाइपो थाइराइडको संकेत गर्छ ।

७. ओंठ फुट्नु
ओंठ फुट्नु सामान्य हो । खासगरी चिसो मौसममा ओंठ फुट्ने समस्या देखापर्छ । तर, लामो समयसम्म ओंठ फुट्यो भने त्यो समस्या हो । यसले शरीरमा भिटामिन बी र सीको कमी भएको संकेत गर्छ ।

८. रुखो छाला
सबैको छाला एकनास हुदैन । कसैको सुख्खा हुन्छ भने कसैको तैलीय । तर, लामो समयसम्म छाला सुख्खा हुन्छ भने मधुमेह वा थाइराइडको संकेत हुनसक्छ ।

९. एलर्जी
छालाको सरसफाइ भएन भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । छाला चिलाउँछ । तर, लामो समयसम्म यस्तो समस्या रहेमा त्यसले मधुमेहको संकेत गर्छ । साथै, थाइराइडको पनि ।
१०. काखीको कालोपन
काखीको छाला सामान्यतः केही कालो हुन्छ । तर, अचानक यो धेरै कालो भएमा त्यसले पनि थाइराइड र मधुमेहको संकेत गर्छ ।

Logo