हामी देश दुनिया थाहा पाउन दौडिरहेका हुन्छौ । र कतिपय कुरा थाहा पाउछौ पनि । तर अचम्म त के छ भने हामी आफ्नो स्वास्थ्यकै बारेमा त्यति जानकारी राख्दैनौ ।
स्वस्थ्य रहनु हाम्रो प्राथमिकतामा परे पनि आफ्नो शारीरिक अंगहरुका बारेमा समेत कतिपय जानिफकार छैनन् । यहाँ हामीले २० वटा यस्तो तथ्यहरुको प्रस्तुत गर्दैछौ जुन तपाईलाइ थाहा नहुन सक्छ ।
१. महिलाको मुटुको धड्कन पुरुषको भन्दा छिटो हुन्छ ।
२. पुरुषको शरीरमा ६.८ लिटर रगत हुन्छ भने जबकि महिलाको शरिरमा ५ लिटर मात्रै रगत हुन्छ ।
३. अन्य औलाभन्दा माझी औलाको नङ चाडो बढ्छ । खुट्टाको भन्दा हातको नङ चार गुणा छिटो बढ्छ ।
४. हाम्रो शरीरमा भएको रौंको औषत आयु ३ देखि ७ वर्ष लामो हुन्छ ।
५. हाम्रो शरीरले प्रत्येक १० वर्षमा नयाँ अस्थिपञ्चर प्राप्त गर्छ ।
६. महिला जन्मिदा खेरि नै पुरुषभन्दा साना जन्मिन्छन् । र पछि गएर जिवनभर तुलनात्मक रुपमा छोटो नै देखिन्छन् ।
७. महिलालाई भन्दा बढी हिक्क पुरुषलाई लाग्छ ।
८. शरीरका अन्य भागको रौ भन्दा अनुहारको रौं चाडो बढ्छ ।
९. जन्मेपछि कहिल्यै नबढ्ने शरीरको अंग आखा हो भने बढ्न नरोकिने अंग नाक र कान हो ।
१०. फिमेल हर्मोनको कारण पुरुषको स्तनको आकार पनि बढ्दै जान्छ ।
११. धेरै खानाले श्रवण शक्ति कम हुदै जान्छ । साथै धेरै खाना खाँदा स्वाद कम र जिव्रो सुख्खा हुदै जान्छ ।
१२. हाम्रो शरीरले ३०० मिलीयन कोषहरु प्रत्येक मिनेटमा नष्ट गर्छ भने ३०० विलीयन नयाँ कोषहरु उत्पादन गर्छ । हामी सुत्ने कोठा जति चिसो भयो त्यति नै डरलाग्दो सपना देखिने सम्भावना बढि हुन्छ ।
१३. मानव शरीरको सबैभन्दा ठुलो कोष महिलाको पाठेघरमा हुने फिमेल एग हो भने सबैभन्दा सानो मेल स्पर्म हो
१४. साँझको समयभन्दा विहानको समयमा हाम्रो उचाई १ सेन्टिमिटर अग्लो हुन्छ ।
१५. मान्छेपिच्छे सुँघ्ने क्षमता र जिव्राको रङ फरक फरक हुन्छ भने ६० वर्ष पुगेपछि प्रायको जिव्रोले स्वाद पाउन छोड्छ ।
१६. हाम्रो छालामा ३२ मिलीयन व्याक्टेरिया हुन्छन् । तर यि व्याक्टेरियाले शरिरलाई नकारात्मक असर पुर्याउदैन । हरेक २७ दिनको अन्तरमा शरीरले काँचुली फेर्ने गर्छ ।
१७. शरीरको सबैभन्दा बलियो अंग जिब्रो हो । सबैभन्दा कडा हड्डी बंगराको हड्डी हो । र शरीरको आधाभन्दा बढि हड्डी हातमा हुन्छन् ।
१८. आँखाको भाग कर्नियाले हावाबाट सिधै अक्सिजन प्राप्त गर्न सक्छ भने रक्तसन्चार नहुने यो एउटा मात्र अंग हो । सामान्यतया मानिसले २० दिनसम्म खाना र २ दिनसम्म पानी मात्र नपिएर बाच्न सक्छ ।
१९. हाम्रो मस्तिष्क दिउँसो भन्दा रातको समयमा बढि सक्रिय हुन्छ । यसबारे वैज्ञानिकहरुले हाल सम्म पनि पत्ता लगाउन सकेका छैनन् ।
२०. अन्य रङको तुलनामा बच्चाको आँखाको रङ निलो हुन्छ ।































प्रतिक्रिया