यी पाँच उपायबाट हटाउन सकिन्छ नर्भसनेस

यी पाँच उपायबाट हटाउन सकिन्छ नर्भसनेस

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ३ साउन, काठमाडौं ।

कामको अत्यधिक चाप, काम पूरा गर्छु भन्ने आत्मविश्वासको कमी र विभिन्न किसिमका डरले गर्दा नर्भसनेस हुनेहरूको संख्या दिनहुँ बढिरहेको छ । तपार्इंलाई पनि यस्तो किसिमको कुनै समस्या छ भने तल दिइएका केही सामान्य उपायलाई आफ्नो जीवन पद्धतिको रूपमा अपनाउनुहोस् । त्यसो गर्नुभयो भने आफ्नो नर्भसनेसको समस्या समाधान गर्न सक्नुहुनेछ ।

. तपाईंलाई कुनै पनि कुरा गर्दा आफूमा नर्भसनेस आउँछ भने राम्रा कुराहरू मात्र सोच्न थाल्नुहोला । राम्रा कुराहरू सोच्दा शरीरमा डोपामाइन नामक हार्मोनको विकास हुन्छ । यसले तपार्इंलाई नर्भसनेस हुन दिँदैन ।

. कुनै पनि कामको थालनी गर्दा तपार्इंमा नर्भसनेस आयो भने तपार्इंले रमाइला पुस्तक पढ्ने, संगीत सुन्ने वा नृत्य गरेर वा आफूलाई मन पर्ने कुनै काम गरेर आफूलाई आरामदायी बनाउन सक्नुहुन्छ । यसो गर्दा तपाईंमा रहेको नर्भसनेस बिस्तारै हराउँदै जान्छ ।

. कुनै पनि काम गर्दा व्यवस्थित रूपमा गर्नुपर्छ । अझ पूर्व तयारी अनुसार गर्दा तपार्इंलाई एकै पटक समस्या नआउन सक्छ । जसको कारण तपाईमा नर्भसनेस कम हुन्छ र मस्तिष्कले पनि राम्ररी काम गर्छ ।

. समान्य अवस्थामा हामीले शरीरलाई चाहिने जति अक्सिजन लिइरहेका हुन्छौं । यदि तपाईंलाई कुनै कामको तनाव बढ्दै गएको छ र नर्भसनेस बढेको छ भने करिब ५ मिनेट लामो श्वास लिने र छोड्ने गर्नुपर्छ । यसो गर्दा मस्तिष्क र शरीरले पर्याप्त मात्रामा अक्सिजन पाउँछ र दिमाग रिल्याक्स हुन्छ ।

. कुनै काम गर्दा नर्भसनेस आएको खण्डमा शरीरलाई राम्ररी तन्काउने (स्ट्रेच) पनि गराउने गर्नुपर्छ । यसो गर्दा शरीरमा रक्त संचार राम्ररी हुन्छ र तपाईंमा रहेको नर्भसनेस हराउँदै जान्छ ।

Logo