लकडाउनपछि लयमा फर्किंदै साहित्य क्षेत्र, शिखा बुक्सका चार पुस्तक सार्वजनिक

लकडाउनपछि लयमा फर्किंदै साहित्य क्षेत्र, शिखा बुक्सका चार पुस्तक सार्वजनिक


काठमाडौं ।

करिब चार महिना लामो लकडाउनले संकटमा पारेको पुस्तक व्यवसायलाई सहजीकरण हुँदै गर्दा शिखा बुक्सले भर्खरै चार वटा पुस्तक सार्वजनिक गरेको छ ।

जसमा दलिप कुमार मल्लको कथासंग्रह ‘कलावती’ नरबहादुर विसीको खोज अनुसन्धानात्मक कृति ‘मान्छे टोक्ने बोक्सी’, निर्मोही व्यासको संस्मरण ‘मायामहल’ र पूर्वमन्त्री तथा राजनीतिज्ञ जयप्रकाश गुप्ताको संस्मरण ‘अख्तियारको थुनाः मेरो सम्झना’ को चौथो संस्करण रहेका छन् ।

यसका साथै शिखा बुक्सकै प्रकाशनमा भदौको पहिलो सातासम्म रत्नशमेर थापा संस्मरण ‘घुम्तीमा नआऊ है’ टंक चौलागाईँको उपन्यास उवडखावड र भीष्म उप्रेतीको यात्रा संस्मण ‘हिमाल शेर्पा र यती’ पनि तयारीमा रहेको प्रकाशक पुष्पराज पौडेलले जानकारी दिए।

Logo