कराँतेका साग बिजेता मण्डेकाजी अष्ट्रेलियामा सम्मानित

कराँतेका साग बिजेता मण्डेकाजी अष्ट्रेलियामा सम्मानित


दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् ।अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली टोली प्रशिक्षकसमेत रहेका मन्डेकाजीलाई एनआरएन अस्ट्रेलियाले सम्मान गरेको हो ।

एनआरएनए ओसियाना संयोजक दिनेशराज जोशीले एक कार्यक्रमका बिचमा ७ सय अस्ट्रेलियन डलरसहित उनलाई सम्मान गरेका हुन । विदेशी भूमिमा प्राप्त सम्मानले आगामी दिनमा खेलकुदमा राम्रो गर्न हौसला मिल्ने मन्डेकाजीले प्रतिक्रिया दिएका छन् ।

Logo