कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै

कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै


नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठकले आज पनि बस्दैछ। हिजोदेखी सुरु भएको जिल्ला सभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ। बैठक बिहान ११ बजेदेखी सुरु हुनेछ।

सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य केन्द्रिय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् ।गत बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने बुझिएको छ।

जिल्ला सभापतिहरूले धारणा सुनेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ। पार्टीको पछिल्लो १४ औं महाधिवेशन पछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो। बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका विवाद र समस्यालगायत केन्द्रिय समितिलाई सुझाव माग गरिएको छ।
 

Logo