साहित्यकार गौतमका एकैपटक दुई पुस्तक लोर्कापण

साहित्यकार गौतमका एकैपटक दुई पुस्तक लोर्कापण

केन्द्रबिन्दु
0
Shares

साहित्यकार अनल गौतमले एकैपटक दुईवटा पुस्तक सार्वजनिक गरेका छन् । 

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच, गौतमले उपन्यास ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’कथा संग्रह एकै साथ सार्वजनिक गरेका हुन् । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डाक्टर राम प्रसाद ज्ञवालीलगायतले पुस्तकको घुम्टो खोलेका हुन् । 

उक्त कार्यक्रममा बोल्दै मदन कृष्ण श्रेष्ठले उपन्यास र कथा संग्रह निकै नै रोचक र समयसामयिक भएको बताएका छन् । 

कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्न भन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गरे । मुलतः आख्यान विधामा कलम चलाउन रुचाउने गौतमलाई यसमा पनि कथा तथा उपन्यासमा विशेष रुची छ । 

२०३८ साल असार १७ गते हेटौंडा–५, मकवानपुरमा जन्मिएका साहित्यकार गौतमले २०६४ सालमा ’शुभ प्रभात’ शीर्षकको हाईकु संग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा प्रारम्भ गरेका हुन् । त्यसपछि साहित्यकार गौतमले २०६६ सालमा कविता संग्रह ’चिनारी’ सार्वजनिक गरेका थिए ।

गौतमलाई साहित्यकारको रुपमा स्थापित गर्ने काम उनले २०७० मा प्रकाशित गरेको कथोपन्यास‘घाट घाटका कथा’ ले गर्यो । यो कथोपन्यासमार्फत उनी पाठकको मन–मनमा बस्न सफल भएका थिए । २०७० सालमै गौतमले गीति संग्रह 'सरसी' पनि प्रकाशित गरेका थिए । 

Logo