कविता

प्रेम विश्वास हाेप्रेम श्रद्धा र समर्पण हाेप्रेम त्याग पनि हाेजसले -जीवन र जगतलाईखुशी दिन्छर , खुशी लिन्छ पनि । "/>

प्रेम विश्वास,श्रद्धा र समर्पण हाे

प्रेम विश्वास,श्रद्धा र समर्पण हाे

केन्द्रबिन्दु
0
Shares

कविता

प्रेम विश्वास हाे
प्रेम श्रद्धा र समर्पण हाे
प्रेम त्याग पनि हाे
जसले -जीवन र जगतलाई
खुशी दिन्छ
र , खुशी लिन्छ पनि ।
संसारकाे याे रंगमञ्चमा
प्रेम गर्नेहरु
प्रेममा हराउनेहरु
आँखाकाे नानीमा ” प्रेम “खाेज्नेहरु
हृदयकाे अन्तरमा
प्रणयकाे दीप जलाउनेहरु
अहँकारका पहाडहरुलाई ,
हिउँ सरि पगाल्न सक्छन्
द्वेष, राग र ईर्ष्याहरुलाई ,
पियूष सरि पिलाउन सक्छन्
प्रेम जीवन हाे
उत्साह र उमंग हाे
समयकाे रथ हाक्ने
समय सारथीहरु
विजयकाे ताज पहिरिएर हिड्ने
महारथीहरु
कहिले अमर प्रेमकाे कथा सुनाउदै
कहिले अमर प्रेमकाे कथा सुन्दै
समयकाे रथ हाँकिरहेका छन्
प्रेमकाे अस्त्रले दुनियाँ जित्नेहरु
अंहकारकाे शास्त्रले हारेका छन्
त्यसैले प्रेमकाे आगाेले
सबै विभेदका पर्खालहरु ढल्दछन् ।
मानवता , शान्ति र हर्षका दिपहरु बल्दछन्
दुख र पिडाका घाउहरुमा मायाले लगाएका
मल्हम , पट्टी र ओखतिहरुले नै
प्रीतिकाे गीत बाेल्दछन् ।
कहिले अमर प्रेमकाे कथा सुनाउदै
कहिले अमर प्रेमकाे कथा सुन्दै
समयकाे रथ हाँकिरहेका छन्
प्रेमकाे अस्त्रले दुनियाँ जित्नेहरु
अंहकारकाे शास्त्रले हारेका छन्
प्रेमकाे आगाेले
सबै विभेदका पर्खालहरु ढल्दछन्।

त्यसैले, प्रेम विश्वास हाे
प्रेम श्रद्धा र समर्पण हाे
प्रेम त्याग पनि हाे ।

Skip This
Skip This
Logo