आगामी माघ १५ देखि राष्ट्रिय गजल महोत्सव हुने (भिडियो सहित)

आगामी माघ १५ देखि राष्ट्रिय गजल महोत्सव हुने (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आगामी माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव ०७६ हुने भएको छ । राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव आयोजना गर्न लागिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानकै इतिहासमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय गजल महोत्सवमा मुलुकभरका सातै प्रदेशका गजलकार गजल सम्वन्धी संस्थाहरुको सहभागिता रहने लोकसाहित्य तथा बालसाहित्य विभागका प्रमुख तथा राष्ट्रिय गजल महोत्सव ०७६ का तयारी समिति सदस्य देवी नेपालले बताए ।

डा. देवी नेपाल, सदस्य राष्ट्रिय गजल महोत्सव २०७६ तयारी समिति पद्य/काव्य विभागका प्रमुख हेमनाथ पौडेलको संयोजकत्वमा ५५ सदस्यीय आयोजक मूल समारोह समिति गठन गरिएको छ । विहिवार मूल समारोह समितिका सदस्यहरुसहित बसेको बैठकले महोत्सवको कार्य बाँडफाँड समेत गरिएको छ । मूल समारोह समितिले २ उपसमिति समेत गठन गरिएको छ । गजल महोत्सवका लागि आन्तरिक तयारी समेत तिव्र रुपमा भइरहेको राष्ट्रिय गजल महोत्सव ०७६ तयारी समितिका संयोजक हेमनाथ पौडेलले बताए ।

हेमनाथ पौडेल, संयोजक, राष्ट्रिय गजल महोत्सव ०७६ तयारी समिति गजल महोत्सवमा १५ सय भन्दा बढी साहित्यकारको उपस्थिति रहने प्रज्ञाप्रतिष्ठानले जनाएको छ । गजल महोत्सव काव्य विभागको संयोजनमा प्रकाशित प्रज्ञा आधुनिक नेपाली गजलसङ्ग्रह र लोकसाहित्य तथा बालसाहित्य विभागको संयोजनमा प्रकाशित प्रज्ञा नेपाली बालगजलको संग्रह समेत सार्वजनिकीकरण गरिने छ । साथै गजल सम्वन्धि कार्यपत्रहरु प्रस्तुत हुनेछ । महोत्सवले नेपाली गजल क्षेत्रको अवस्था र यसभित्र रहेका विबादहरुको चिरफार गरेर आगामी पुस्ताका लागि गजल क्षेत्रलाई अझै फराकिलो रुपमा विस्तार गर्न सहयोग पुग्ने प्रतिष्ठानको दाबी छ ।

भिडियो यहाँ हेर्नुस्  ।

 

Logo