वाः तनक्खा

वाः तनक्खा


स्वतन्त्रता नै हो समृद्धिको आधार
सपुतका सपनाहरू साकार पार्न
सुकीको विचार बोकेर
खटिएका छन् पौरखी हातहरू ।

बौद्ध बिहारका
सुनौला गजुरहरूले
फिंजाइरहेका छन् त्रिपिटकको ज्ञान
ध्यानमग्न बुद्धको प्रतिमाबाट
बोधगम्य शान्त आँखाहरू
खोल्नु पूर्व नै
बिहान बनेर उदाउँदै छ
म्यान्मामा घाम ।

बान्की परेका सुन्दर घरहरू
छेड्न खोजेका छैनन् आकास
जात जातका रुखहरू
लम्कँदै छन् आकाशको बाटो
तनखा पेको बोट र सिरुपाते पातहरूले
सुनाइरहेको छ बर्मेली संगीत ।

चनौटो उस्तै छ
श्रीखण्डको जस्तै छ गिँड
उस्तै छन् चन्दन घोट्ने
हात र उठाउने आँैलाहरू
उही छ अनुहारको बनोट
उस्तै छ मुस्कान र लावण्य
तर विशेष छ
तनक्खा लेपनको कारिगरी ।

Logo