आजदेखि काठमाडौंमा ३ दिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरु

आजदेखि काठमाडौंमा ३ दिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा ३ दिने अन्तर्राट्रिय साहित्य सम्मेलन सुरु भएको छ । नेशनल कलेज धुम्बाराहीको आयोजना एवं साहित्यकार भीष्म उप्रेतीको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिएको यस दिने कार्यक्रममा नेपाललगायत भारत, भूटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, हङकङ, कोरिया र अस्ट्रेलियाका कवि तथा लेखकहरूको सहभागिता रहेको छ । पुस ११, १२ र १३ गते चल्ने महोत्सवभरि कविता र गद्य वाचन गरिनुका साथै ‘महिला लेखन : को यो पर्खाललाई भत्काउन सक्षम छ ?’ तथा ‘आजको साहित्यले समाजलाई कसरी लेखिरहेको छ ?’ भन्ने विषयमा प्यानल छलफल हुनेछ ।

महोत्सवलाई नेपाल टुरिजम बोर्ड, प्रभु बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको सहयोग एवं सहकार्य रहेको छ । आज साँझ नेशनल कलेजको सभाकक्ष धुम्बाराहीमा विशेष सांगीतिक प्रस्तुति हुनेछ ।

Logo