साताको साहित्य पुरस्कार तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई प्रदान गरिने  

साताको साहित्य पुरस्कार तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई प्रदान गरिने  


काठमाडौँ । यस वर्षको साताको साहित्य पुरस्कार सीता तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई प्रदान गरिने भएको छ । साताको साहित्य डट कममा अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू एक साताअघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रूपमा गीता पुडासैनीको कविता ‘बाल–विधवा’ र रुपक वनवासीको गजल छानिएका थिए ।

निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी)ले बहुमतको आधारमा ‘वीर्यको बतास’ कवितालाई पुरस्कारका लागि चयन गरेका हुन् ।

लेखिकाले एक समारोहबीच केही सातापछि पुरस्कार स्वरूप नगद बीस हजार रूपैयाँ र ताम्रपत्र प्राप्त गर्नेछिन् । साताको साहित्य पुरस्कारको थालनी आठ वर्षअघि गरिएको हो । यसअघि याे पुरस्कारबाट नवीन प्यासी, प्रोल्लास सिन्धुलीय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरू पुरस्कृत भइसकेका छन् ।

Logo