घिन्ताङ घिसी ट्वाक सार्वजनिक (भिडियोमा)

घिन्ताङ घिसी ट्वाक सार्वजनिक (भिडियोमा)


काठमाडौं । पत्रकार रुपेश श्रेष्ठको कविता कृति ‘घिन्ताङ घिसी ट्वाक’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर कृति सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रमको वक्तामा मनु मन्जिल र कविता वाचकहरु भुषिता वशिष्ठ, बाबु त्रिपाठी र दिल भुषण पाठक थिए भने समारोहको सहजकर्तामा ब्रजेस थिए ।

कृतिको नाम अलिक अनौठा भएको कारणले यस विषयमा पनि चर्चा गरिएको थियो । घिन्ताङ घिसी ट्वाक नाम भक्तपुरमा बजाइने नेवारी बाजाहरुको धुन हो ।

कृतिमा सामान्य जीवनहरु र समसामयिक जीवनहरुको बारेमा उल्लेख गरिएको वक्ता मनु मन्जिलले जानकारी दिए । कार्यक्रममा अमर न्यौपाने, टिकाराम यात्री लगायतको पनि सहभागिता रहेको थियो ।

Logo