‘छुटेका अनुहार’लाई पद्मश्री, डा. महेशराज पन्तलाई साधना सम्मान

‘छुटेका अनुहार’लाई पद्मश्री, डा. महेशराज पन्तलाई साधना सम्मान

केन्द्रबिन्दु
0
Shares

२०७५ सालको कृतिका लागि २०७६ सालमा प्रदान गरिने अर्थात् यसपालिको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारलाई प्रदान गरिएको छ । यसैगरी पद्मश्री साधना सम्मान डा. महेशराज पन्तलाई प्रदान गरिने भएको छ ।

खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको घोषणा आजै मंगलबार गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर पद्मश्री साहित्य पुरस्कार छुटेका अनुहारलाई र पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई दिने निर्णय भएको जानकारी गराएका हुन् ।

पुरस्कारको राशि  जनही २ लाख रुपैयाँ रहेको छ ।

Logo