‘रणहार’ लाई मदन पुरस्कार दिने निर्णय

‘रणहार’ लाई मदन पुरस्कार दिने निर्णय

केन्द्रबिन्दु
0
Shares

यस वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’ लाई दिने निर्णय भएको छ।

आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्ललाई मुख्यपात्र बनाएर लेखिएको पुस्तक ‘रणहार’ लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

यो पुस्तक नेपालयले प्रकाशन गरेको हो। पुस्तकमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका प्रसङ्गहरु उल्लेख छन्

यस वर्ष मदन पुरस्कारका लागि सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ , कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छनौटमा परेका थिए ।

त्यस्तै यस बर्षको जगदम्बा-श्री पुरस्कार बैरागी काइँलालाई प्रदान गर्ने निर्णय भएको छ ।

पुरस्कारको राशी ४-४ लाख रुपैयाँ रहेको छ । पुरस्कार असोज १२ गते वितरण गरिने जनाएको छ ।

Logo