केपी ओलीलगायत ३५ पात्र संलग्न झापा विद्रोहमाथि लेखिएको पुस्तक ‘२८ साल’ विमोचन

केपी ओलीलगायत ३५ पात्र संलग्न झापा विद्रोहमाथि लेखिएको पुस्तक ‘२८ साल’ विमोचन

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ। पत्रकार कुमार भट्टराईकाे झापा विद्रोहका विषयमा लेखेको पुस्तक ‘२८ साल’ सार्वजनिक भएको छ। बुधबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहमा उक्त पुस्तक सार्वजनिक गरिएकाे हाे।

झापा विद्रोहमा संलग्न पात्र र जीवितसँगका संवादसँगै अनुभव लेखिएको चार सय ४० पृष्ठको कृती ‘२८ साल’ विमोचन गरिएको थियाे। विमोचन समारोहमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, उक्त विद्रोहमा संलग्न साक्षी नेता दुर्गा अधिकारी र लेखक कुमार भट्टराईलगायतले कृति सार्वजनिक गरेका थिए।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर लेखिएको छ। यो उपन्यासमा उनिहरूलाई सामेल गरिएकाे छ जो २८ सालको घटनाका असली पात्रहरु हुन्।

तिनै पात्रमध्येका एक केपी शर्मा ओली पनि हुन्। २८ साल नामक पुस्तकले केपी शर्मा ओलीलाई राजनीतिक हिंसाकोविरुद्धको विगतलाई उजागर गरेको वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले बताए।

पुस्तक पढेपछि केपी ओलीप्रतिको धारणा नै बदलिएको पत्रकार दाहालले बताए। वरिष्ठ पत्रकार दाहालले नेपालमा राणा शासन र पञ्चायत शासनविरुद्ध कम्युनिष्ट र काँग्रेसले अनेक चरणमा आन्दोलन गरेको उल्लेख गर्दै ‘झापा विद्रोह’ एक महत्वपूर्ण चरण भएको पनि बताए।

कार्यक्रममा झापा विद्रोहमा सहभागी भएबापत १० वर्ष जेल बसेका दुर्गा अधिकारीले विद्रोहीको सपना अझै पुरा नभएको बताए। उनले पार्टीमा संघर्ष गरेर नेपाली जनता माझ स्थापित हुने बेलामा केही व्यक्तिहरुले पार्टी फुटाएर झापा विद्रोहलाई धोका दिएको पनि जिकिर गरे।

अधिकारीले त्यस समयको सङ्घर्ष र बलिदानकै जगमा हाल मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै आन्दोलनमा लाग्दाका अनुभव र कथा–व्यथा देश र जनताका हितका लागि पस्कन आफूहरु तयार रहेको बताए। पत्रकार भट्टराईले करिब ८ वर्षको खोज अनुसन्धानपछि ‘२८ साल’ नामक कृति तयार पारेका हुन्।

Logo