काठमाडौं,
डा. भूपहरि पौडेलद्वारा अनुसन्धित एवं सम्पादित कृष्णलाल अधिकारी र ऐतिहासिक मकैपर्व शीर्षकको कृति सार्वजनिक गरिएको छ ।
राजधानीको चावहिलमा आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सो पुस्तक विमोचन गरे । उनले नेपाल अहिलेको अवस्थामा आइपुग्न सुब्बा कृष्णलाल लगायत धेरै शहीदको योगदान रहेको धारणा राखे । नयाँ पुस्ताले उनीहरूको योगदान भुल्न नहुने उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेसका नेता लक्ष्मण घिमिरे, अधिवक्ता रामचन्द्र वियोगी, प्राध्यापक दुर्गाप्रसाद अर्याल र प्राध्यापक कुमारप्रसाद कोइरालाले कृतिबारे धारणा राखे । सम्पादक पौडेलले २०३५ सालदेखिको अनुसन्धानले कृतिको रूप लिएको जानकारी दिए । पुस्तकमा आफूले अनुसन्धानका क्रममा भेटेका विभिन्न तथ्यका साथै सुब्बा कृष्णलालका विषयमा विभिन्न विद्वानका सामग्री राखेको बताए ।





























प्रतिक्रिया