कथा: पुनर्मिलन 

कथा: पुनर्मिलन 

केन्द्रबिन्दु
0
Shares

असार साउनको महिना आकासभरी कालो बादलले छाएको थियो । पानी पर्लापर्ला जस्तो भैरहेको थियो। म अफिसबाट घर फर्कंदै थिए ।

एक्कासी बिचबाटोमा आइपुग्दा निकै ठूलो पानी पर्यो । सधैं रेनकोट बोक्थें। आज बिहान अफिस निस्कन हतार भएको कारण बोक्न बिर्सेछु ।
म मोटरसाइकल साइट लगाएर एउटा क्याफेमा छिरे । ठूलो पानी परेकोले क्याफे भरी मान्छे टन्न थिए । कोही कफि पिउदै थिए त कोही ओत लाग्न छिरेकाहरु पानी रोकिने पर्खाइमा थिए ।

पानीले मेरो पातलो सर्ट र भित्रको टिसर्ट निथ्रुक भिजेको थियो । चिसो चिसो महसुस भयो ।  एक कप ब्यल्याक  कफी मगाए । मान्छेहरु हल्ला गर्दै थिए ।  म कफि पिउदै बाहिर रोडमा दर्किरहेको पानी बग्दै गरेको पानीको भेलमा कोही भिज्दै बाइक कुदाइरहेका थिए त कोही  साइट लगाएर ओत खोज्दै थिए ।

म क्याफेको झ्यालबाट हेर्दै थिए । त्यतिकैमा एउटा स्कुटी बाहिर आएर रोकियो । हतार हतार गर्दै स्कुटी रोजेर एक युवती क्याफेभित्र छिरिन्। म सँगैको  टेबल भर्खर खाली भएको थियो। ती महिला त्यही आएर बसिन् र आफ्नो हेल्मेट खोलेर टेबलमा राखिन् ।

मैलै उनको अनुहार हेरिन । उनले ‘वेटर’लाई ब्यल्याक  कफी मगाइन् । त्यतिखेर झुक्किएर हाम्रो आँखा जुध्न पुग्यो । उनी र म हेरेको हेर्यै भयौ । तिमी ? दुबैको मुखबाट निस्केको एकै शब्द । उनी आजभन्दा सात बर्षअघि यस्तै पानी पर्दा बाटोमा भेटिएकी आशिका थिईन ।

त्यो दिन यस्तै पानी दर्कीरहेको थियो।  साँझको बेला उनी एक्लै भिज्दै चोभारदेखि बल्खुसम्म जाँदै थिईन्। म त्यही बाटो कोटेश्वर जाँदै थिए । उनले लिफ्ट मागिन्, मैले मोटरसाइकल रोकेर लिफ्ट दिएँ । हाम्रो एकछिन कुरा भयो, उनी ग्वार्को जाँदै रहिछिन्।  चोभार दिदिको घर आ’को अरे। चोभारमा साँझसम्म गाडी कुर्दा गाडी नआएर हिड्न थालेको अरे ।

‘हिड्दा पानी परेको थिएन त्यसैले छाता बोकिन, नमज्जाले भिजियो।’ यस्तै भन्दै थिईन्।  बल्खुबाट ग्वार्कोको गाडी चड्छु भन्दै थिईन। मैले म पनि कोटेश्वर जाँदैछु, ग्वार्को छोड्दिन्छु भने। उनी खुसी भईन् पानी परिरहेको थियो त्यो बेला चाहिँ रेनकोट भुलेको थिइन।

पानी परे पनि म भिजेको थिईन । उनी चढेपछि चाहिँ हल्का चिसो महसुस भयो किनकी उनी भिजेकी थिईन् तर छुट्टै आनन्दको महसुस हुँदै थियो ।

उनले मेरो नाम र बसाइ सोधिन् । रोहित सुनार हो, कोटेश्वर बस्छु । तिम्रो नाम के हो नि ? मैले सोधे।  ‘आशिका अधिकारी, ग्वार्कोमा मेरो घर छ।’  उनले भनिन् । त्यतिकैमा हामी ग्वार्को पुग्यौं, उनी ओर्लिइन् । उनले धेरै धेरै धन्यवाद दिदै भनिन्, ‘फेसबुकमा एड गर्नुहोला, आसिका अधिकारी मेरो आइडी हो । रातो सारी लगाएको ‘प्रोफाइन पिक्चर’ छ ।’

यति भनेर उनी त्यहाबाट गइन्। अनि म कोटेश्वर कोठामा गए ।  मनमा खुल्दुली भयो, कोठामा पुग्ना साथ फेसबुक खोलेर उनलाई एड गरे। उनी त अन्लाईन नै रहिछिन । एसेप्ट गरि हालिन् । हाम्रो कुरा सुरु भयो, त्यो रात झन्डै २ घन्टा च्याटिङ भयो । अब  हाम्रो कुरा गराई दिनहु हुन थाल्यो।  म नबोल्दा अन्लाईन देख्ना साथ बोलाइ हाल्थिन। उमेर १९ बर्ष  गोरि गोरि पातली पातली खासै अग्लि त होइन्न तर निकै आकर्षक थिईन ।

हामी बोल्दै बोल्दै जाँदा बोल्न थालेको ३ महिना भएछ। यो ३ महिना प्राय: हामी बोलेर बितायौं । महिना भदौको थियो, तीजको माहोल थियो । एकदिन मैले तीजमा कहाँ जान्छौं ? भनी सोंधे । उनले जवाफ दिईन् ‘बसन्तपुर जान्छु साथीहरुसंग ।’ मैले जिस्काएर सोधे- ‘म पनि आउँ ?’ उनी खुसी हुँदै आउनु भनिन्। फोन गर्नु होला भनेर आफ्नो नम्बर छोडिन् ।

हाम्रो यो भन्दा अघि नम्बर साटासाट भएको थिएन । तीजको दिन मैले कल गरे।  हाम्रो भेट रत्नपार्कनजिकै भयो ।  निलो साडी हरियो चुरा हातभरी मेहेन्दी निधारमा रातो टीका सिरबन्दिले सजिएकी उने आहा निकै सुन्दरी देखिएकी थिईन् । हामी एउटा क्याफेमा छिरेर कफी खायौं। उनी बसन्तपुरबाट अब घर फर्किन लागेकी रहिछिन्। साथीहरुलाई म आउदै छ भनेर अगाडिनै घर पठाएर एक्लै कुरेर बसेकी रहिछिन् । कफी खाएर हामी निस्कियौ, घरमा नाच्नुपर्छ भन्दै थिईन् । मैले उनलाई ग्वार्कोसम्म छोड्दिए, उनी मलाई भेट्न पाएकोमा निकै खुसी थिईन, म झन खुसी थिँए  ।

बिस्तारै अब हाम्रो च्याटिङ भन्दा कल धेरै हुन थाल्यो । म उनलाई मन पराउन थालिसकेको थिँए  । उनीसंग नबोलेको दिन मलाई खल्लो लाग्थ्यो । हाम्रो भेट बाग्लिन थाल्यो। हाम्रो बसाइ पनि टाडा थिएन, भेट्न सजिलो थियो । एकदिन मैले उनलाई प्रेम प्रस्ताव राखे तर उनी केही बोलिन्न।  नजिस्काउनु मात्रै भनिन। मैले साच्चिकै हो, मलाई जवाफ जहिले दिए पनि हुन्छ भने ।

हाम्रो कुरा हुँदै गयो जवाफ केही आएन । मैले प्रतीक्षा गरिरहे एकदिन हामी घुम्न धुलिखेल गयौं त्यहीबेला उनले मेरो प्रस्ताव स्वीकार गरिन् । त्यो रात हामी त्यही बस्यौं । उनी  निकै बुझ्ने थिईन्।  मैले म सानो जातको मान्छे भन्दा मेरो मुख थुनिदिन्थिन्। उनी सानो जातको कुरा गर्यो भने निकै रिसाउथिन् । मलाई खुसी लाग्थो।

अब हाम्रो माया बसेको २ बर्ष पुगिसकेको रहेछ। यो अबधिमा हामी धेरै ठाउँ घुम्यौ।  धेरै टाढासम्म घुम्न जान्थ्यौ। हाम्रो बिहे त भएको थिएन तर हामी श्रीमान् श्रीमती थियौ । हाम्रो सयौ रात संगै बितेका थिए । उनी मलाई निकै माया गर्थिन्, म पनि आफुलाई भन्दा पनि बढी माया गर्थे उनी बिना म बाच्न सक्दैन थिँए ।

एकदिन उनको घरमा बिहेको कुरा चल्न सुरु भयो उनले अस्विकार गरिन् । केही महिना बित्यो अब लगातार बिहेको कुरा आउन थाल्यो। उनको परिवार निकै सम्पन्न थियो। ग्वार्कोमा घरनै थियो। त्यसैले परिवारले डाक्टर, इन्जिनियर जस्ता धेरै पढेको र सम्पन्न घरानाकै हेर्थे । उनी मसँग दै भन्थिन् । म अरुसंग बिहे गर्न सक्दिन भनेर।  मैले मेरोबारे घरमा कुरा गर भन्थे तर उनी सक्दैन थिइन। म दलितको छोरा अनि त्यसै माथि थोरै पढेको अनि गरिब घरबाट मागेर बिहे गर्न हाम्रो सम्भावना थिएन ।

म उनलाई भागेर बिहे गरौँ भन्थे। उनी मान्दैन थिइन्। उनी परिवारको इज्जत गुम्न दिन सक्दैन थिईन् । न मलाई नै गुमाउन चाहान्थिन् । हाम्रो माया बसेको ३ वर्ष भइसकेको थियो । मैले निकै पटक भागेर विहे गर्न आग्रह गरे तर उनले मानिन्न। अरु उपाय थिएन।  मागी सम्भब थिएन म निकै रुन्थे तर पनि मान्दिनथिन ।

एकदिनको उनको मेसेज आयो । ‘सरी रोहित, म तिम्रो हुन सकिन । मेरो बिहे फिक्स भयो परिवारको जवरजस्तिमा मैले बिहे गर्न राजी भए ।’ त्यो मेसेज हेरेपछि म पागल जस्तै भए, कहिले नखाने रक्सी र चुरोट खान थाले । जो अहिले पनि खान्छु चुरोट र रक्सी उनको उपहार सम्झेर ।

फोन गरे उठाउदैन्न थिईन्,  मेसेज रिप्लाइ आउदैन थियो । उनको साथिलाई फोन गरेर देउ भन्थे बोल्न चाहादैन्न थिईन । म पागल भएको थिए । घर जाउ घर चिनेको थिइन्न । म डिप्रेसनमा गएछु, सुत्न रक्सि चुरोट र सिल्पिङ ट्याप्लेट नभैइ हुदैन थियो ।

जिन्दगीदेखि हार मानेर धेरै पटक सुसाइट गर्न खोजें तर सकिन । एकपटक  गरिसकेको थिए । मान्छेहरुले देखेर झ्याल फुटाएर बचाएका थिए ।

उनले कहिले सम्झिन्न मलाई । मैले आफ्नो जात र औकात सम्झिए । उनले मलाई छोडेर अरु रोज्नुको कारण मेरो जात र गरिबी नै थियो। समय बित्दै गयो । चुरोट र रक्सी मेरो नसा भइसकेको थियो । बिस्तारै विगत भुल्ने कोशिस गरे। अफिस नगएको निकै भएको कारण अफिसवाट निकालीदियो। झन्डै ८ महिना काम गरिन ।

फेरि अर्कै काम खोजेर गर्न थाले।  उनलाई नभेटेको सात वर्ष भएको थियो। आज सात वर्षपछि एक्कासि भेट हुँदा म झस्किए । उनी अझै निकै राम्री नै थिईन् ।

मैले फेरि अर्को कप कफी र चुरोट मगाएं, उनले पनि चुरोट मगाइन् । उनले मगाएको कफी भर्खर आएको थियो । मैले चुरोट मगाएको देखेर सोधिन् ‘कहिलेबाट चुरोट खान सुरु गर्यौ ?’ उनले प्रस्न गरिन् । ‘तिम्रो बिहे फिक्स भएको दिनबाट’ मैले भने। उनी चुप बसिन् केही भनिन्न्न।

तिमिले चाहिँ चुरोट कहिलेबाट खान थाल्यौ नि ? उनी केही बोलिन । उनले सोधिन बिहे गर्यौ त ? छैन,  तिमिले छोडेर गएदेखि केटी मान्छेको बिश्वास लाग्न छोड्यो त्यसैले बिहे गरेको छैन । कस्तो चल्दैछ वैवाहिस जीवन ?  मैले सोधे ।

सायद यो सोध्न नहुने थियो क्यारे।  उनको आँखा रसायो अघि मगाएको चुरोट सल्काउदै भन्न थालिन । परिवारले धनी केटा हेरेका थिए। डाक्टर हुनुहुन्छ उहाँ नेपालकै टप अस्पतालको । डाक्टर भनेपछि मैले पनि ‘हुन्छ’ भन्दिए । तर,  त्यही हुन्छ भन्नु मेरो जिवनकै ठूलो गल्ती भयो।  हाम्रो बिहे भयो । केही महिना निकै राम्रो संग चल्दै थियो हामीले दुई बर्षपछि बच्चा जन्माउने न्रिने गर्यौं । तर, तिमीलाई थाहा होला नि। हामी अन्तिम चोटी पोखरा बस्दा मेरो पेटमा बच्चा आएको रहेछ । त्यो मलाई थाहा भएन ।

पेट धेरै दुख्थ्यो तर मैले अरु सोच्दै सोचिन एकदिन निकै पेट दुखेको कारण उहाँसंग चेक अप गर्न अस्पतालमा गएँ। पाच महिना भइसकेको रहेछ पेटमा बच्चा आएको। तर हाम्रो बिहे भएको चार महिना मात्रै भएको थियो । उहाँले यो कुरा थाहा पाउनु भएपछि निकै झगडा गर्नु भयो
मलाई  डिभोर्स दिनुभयो ।

त्यसको ३ महिनामै अर्कै बिहे गरेर बस्नु भयो । मैले बच्चा फाल्न मिलेन अनि जन्म दिए। अहिले छ बर्षको छोरी छे । तिमिलाई यो तिम्रो छोरी भनेर म आउन सकिन। म अन्तै बिहे गरेर गैसकेको थिए फेरि तिम्रोसामु आउने हिम्मत आएन । उनी धरधर आँसु झारेर रुन थालिन् ।

बाहिर पानी रोकिन थालिसकेको थियो । हामीले  तीन कप कफी र छ खिल्ली चुरोट सक्काइसकेका थियौ । क्याफेमा भएका सबै निस्किसकेका थिए । हामी र अरु एक दुई जना मात्रै बाकी थियौ । अहिले उनी छोरी र उनी दिदी घर नजिकै कोठामा बस्दै आएको रहिछिन्

दिदिकै घरमा छोरी जन्मेकी रहिछिन् । माइतमा कसैले वास्ता गर्दैन्न रे। उनी माफी माग्दै धेरै रोइन्,  म पनि रोएँ । साझ निकै छिप्पीसकेको थियो।  बाहिर पानी पुरै रोकीसकेको थियो ।

मैले बिल मगाएर तिरें, अनि हामी निस्कियौ । बाहिर निस्कियौ । नम्बर साटासाट गर्यौ। अनि हामी छुट्टीयौ। त्यो रातभर निन्द्रा आएन । एक पटक पुन बिगतले नमज्जाले रुवायो। छोडेर उनी गएको थिईन । तर मेरो माया ऊनी प्रती उस्तै  थियो ।

जसलाई निस्वार्थ प्रेम गरिन्छ। उसको माया मार्न कहाँ सकिन्थ्यो र । तर, पनि भुलिसकेको थिएँ  । उनलाई भेटेर विगत फेरि बल्झियो।

छुटेदेखि पहिलोचोटी भेट्दा मन खुसी पनि भयो । तर, उनको कुरा सुन्दा मन पनि धेरै रोयो । मैले केही सोच्न सकिन । अर्कोदिन फोन गरे भेट्न गए । यो पटक भेट्न आउदा छोरी लिएर आउन भने । लिएर आएको रहिछिन् । छोरी काली हिस्स परेकी मेरो जस्तै अनुहार परेको रहेछ।

एकपटक जिस्काए, उनी एक पटक हासिन् । हाँसो उनको मुखमा निकै सुहाउथ्यो सायद निकैपछि खुसी भए जस्तो देखिन्थिन् । छोरीको नाम रोहिनी राखेकी रहिछिन् ।

रोहिनी निकै सुन्दर थिईन । मैले छोरी ई बोलाएँ।  उनी आइन् काखमा राखे खुसीसँग बसिन्।  किटक्याट खाँदै । हामी कुरा गर्न लाग्यौं। उनी रोई हाल्थिन् । म सम्झाउथे । उनलाई देखेपछि म निकैपछि भए पनि खुसी नै थिए। उनलाई देख्दा म बिगत भुल्थे । सात बर्षको बिचको पीडा म सात मिनेट मै भुलिदिन्थे धेरैबेर कुरा गरेपछि। हामी छुट्टियौ।

हाम्रो लगातार जस्तो कुरा हुन थाल्यो। आवातजावत बढन थाल्यो, छोरीलाई बाबा भन्न सिकाइछिन् । छोरीले पहिलोचोटी ‘बाबा’ भन्दा मेरो आँखा रसाएको थियो । मैले आशिकालाई अर्को बिहे किन नगरेको त एकदिन सोधेको थिए । उनले जिन्दगीमा सबैभन्दा ठूलो गल्ती त गरि सके अब त्यो गल्ती दोर्याउन चाहिन्न भनिन् ।

परिवारको इज्जत र धन सम्पती हेर्दा मैले आफ्नो इज्जत गुमाए, तिमी जस्तो माया गर्ने मान्छेलाई धोका दिन पुगे भन्दै फेरि रुन थालिन् । उनको आखामा गल्ती गरेको महसुस गरिरहेको छिन् भन्ने देख्न सकिन्थ्यो । मान्छेले गल्ती गर्छ तर पश्चाताप गर्नु ठूलो हो ।

गल्ती स्वीकारपछि माफी दिने मानिस महान हुन्छन् त्यो मलाई थाहा थियो । मैले हाम्रो सबै बिगत बिर्सेर हाम्रो जिन्दगीलाई पुनर्मिलन हुन अनुरोध गरे, उनले मानिन।  तिमी अरु सगै बिहे गर्न भनिन्। तर, मैले मानिन । मैले धेरै सम्झाएँ ‘छोरीको भविष्यको बारे सोच्न लगाएँ ।

मेरो निकै प्रयासपछि उनी राजी भइन्। अन्तत: हाम्रो सात बर्षपछि पुनर्मिलन भयो ।

Logo