प्रविण खतिवडाको कथा सङ्ग्रह पुस्तक ‘अकथ्य’ विमोचन

प्रविण खतिवडाको कथा सङ्ग्रह पुस्तक ‘अकथ्य’ विमोचन

केन्द्रबिन्दु
588
Shares

कलाकार, लेखक, रंगकर्मी प्रविण खतिवडाको कथा सङ्ग्रह पुस्तक ‘अकथ्य’ विमोचन भएको छ । शनिबार काठमाडा एक कार्यक्रमका बीच उक्त पुस्तक विमोचन गरिएको हो ।

परिचय पब्लिकेसनद्धारा प्रकाशित उक्त कथा सङ्ग्रहको विमोचन समारोहमा प्रमुख वक्ताका रुपमा राजनीतिक विश्लेषक सिके लाल, कलाकार सौगात मल्ल र लेखिका प्रविणा शाह उपस्थित भएका थिए । यस्तै, कार्यक्रममा नेपाली फिल्मी र साहित्य क्षेत्रका मानिसहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रमुख वक्ताका रुपमा उपस्थित राजनीतिक विश्लेषक सिके लालले पुस्तकको आवरणदेखि समग्र पुस्तमा लेखिएका ९ लामो कथाहरुको तारिफ गरे । उनले लेखक प्रविण खतिवडा नेपाली साहित्यमा नयाँ नाम भएकाले उनलाई टेष्ट गर्न अझैँ बाँकी रहेकाले अझैँ धेरै पुस्तकहरु पनि लेख्न सुझाए ।

राजनीतिक विश्लेषक लालले कथासङ्ग्रहको परिवेश विशेषगरी तराईमा आधारित भएको र निकै सरल र सहज भाषामा लेखिएकाले पुस्तक सबैले सहजै बुझ्ने पनि उनले बताए ।

यस्तै, अर्का वक्ता लेखिका प्रविणा शाहले कथासङ्ग्रहमा महिलाहरुले भन्न नसकेको कुराहरु ‘अकथ्य’ पुस्तकमा भेट्न सकिने बताइन् । उनले ९ वटा कथाहरु निकै लामो भएता पनि पढ्न भने निकै रोचक लाग्ने बताइन् । उनले कथाको मुख्य पात्र अरु कोही नभई लेखक स्वंयम प्रविण खडिवडा नै भएको अनुभव गरेको पनि बताइन् ।

कलाकार सौगात मल्लले आफ्नो सहकर्मी प्रविण खतिवडाको पुस्तक ‘अकथ्य’ फिल्मको कार्य ब्यस्तताका कारण पढ्न नपाए पनि उनले राम्रो लेखेको हुनसक्ने विश्वास व्यक्त गरे । आफूलाई धेरै अग्रज मानिसहरुले पुस्तक लेख्नका लागि आग्रह गरेता पनि आफूले पुस्तक लेख्न नसकेको बाबजुद आफ्नो इच्छा प्रविणमार्फत पुरा भएको पनि उनले बताए ।

यस्तै, कार्यक्रमको अन्त्यमा पुस्तकका लेखक प्रविण खतिवडाले प्रमुख वक्ताहरु राजनीतिक विश्लेषक सिके लाल र लेखिका प्रविणा शाहलाई पुस्तक पढ्न दिदाको अनुभव सबैलाई सुनाए । यस्तै लेखक खतिवडाले आफ्नो पुस्तक सबैजनाले पढेर राम्रो नराम्रो जे जस्तो छ आफ्नो प्रतिक्रृया दिन सबैलाई आग्रह गरे ।

Logo