काठमाडौँ
वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार ७८ वर्षको उमेरमा निधन भएको छ ।
विक्रम संवत् १९९८ असोज १ मा काठमाडौंमा जन्मनु भएका रेग्मीलाई बुधबार सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएकोमा अचानक उहाँको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिनुभयो ।
चिनी र उच्च रक्तचापबाट पीडित भएपनि उहाँमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण निधन भएको जानकारी अस्पतालले दिएको उहाँँले बताउनुभयो । स्वर्गीय रेग्मीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टिः दृष्टिकोण’ आदि उहाँद्वारा सम्पादित कृति प्रकाशित छन् ।





























प्रतिक्रिया