महेश क्षितिजको ‘एक्लो महारथी’ बजारमा

महेश क्षितिजको ‘एक्लो महारथी’ बजारमा


काठमाडौं ।

समालोचक तथा कवि महेश कार्की क्षितिजको कविता सङ्ग्रह एक्लो महारथी’ बजारमा आएको छ ।

साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा नवराज लम्साल, ज्योति जङ्गल, मणि लोहनी र प्रज्वल अधिकारीले सङ्ग्रहित कविताबाट कवितावाचन गरेका थिए ।

कार्यक्रममा समीक्षक राजकुमार बानियाँ, समालोचक महेश पौड्याल र समीक्षक मोमिलाले कवितामाथि बोलेका थिए । सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । शिखा बुक्सले बजारमा ल्याएको उक्त सङ्ग्रहको मूल्य २५० रहेको छ ।

Logo