काठमाडौं
शब्दार्थ प्रकाशनले आगामी भदौ ९ गते एकै दिन एउटै कार्यक्रमका वीच २० वटा साहित्यिक पुस्तकहरुको विमोचन गर्दैछ । आफ्नो १४ औं वार्षिक उत्सवका वीच ती पुस्तकहरुको विमोचन गर्न लागिएको संस्थाका प्रबन्ध संचालक विनय कुमार शर्मा नेपालले जानकारी दिए ।
त्यस्तै सोहि कार्यक्रममा विगत ११ वर्ष देखि निरन्तर प्रकाशित विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्तीले हरेक वर्ष झैं यस वर्ष पनि वैजयन्ती स्रष्टा सम्मान गर्ने पनि बताइएको छ । सो सम्मान पाउनेमा इन्द्रकुमार श्रेष्ठ ‘सरित’ (कथा) , डा.लेखप्रसाद निरौला (समालोचना) , भाष्कर भण्डारी (निबन्ध) , वासुदेव अधिकारी (गद्यकविता) , वासुदेव पाण्डेय (गजल) , प्रभा भटटराई (गद्यकविता) गरि ६ जना रहेका छन् ।
साथै उक्त कार्यक्रममा शब्दार्थ प्रकाशनद्वारा प्रकाशित विविध विषय विधाका ३० वर्षदेखि ८० वर्ष उमेर सम्मका २० जना स्रष्टाका २० वटा पुस्तक समेतको सामुहिक विमोचन हुने प्रकाशनले जनाएको छ । प्रकाशित हुने स्रष्टा र पुस्तकहरुको नाम निम्नानुसार रहेको छ :
१. अमरत्वको सम्झना–संस्मरणसङग्रह (प्रा.शिवगोपाल रिसाल / सं. विनयकुमार शर्मा नेपाल)
२. छेउ न टुप्पो–निबन्धसङग्रह (प्रकाशप्रसाद उपाध्याय)
३. समसामयिक नेपाली समालोचना–समालोचनासङग्रह (प्रा.राजेन्द्र सुवेदी)
४. देवानको औँठी–कथासङग्रह (जनक वाग्ले)
५. भविष्यवाणी–कथासङग्रह (राममणि पोखरेल)
६. चडाला–उपन्यास (वेदमणि घिमिरे)
७. सम्मीलन–कवितासङग्रह (ठाकुर शर्मा)
८. नेपाली गणित कोष–शब्दकोश (महेश्वरप्रसाद उपाध्याय (इस्माली / विनयकुमार शर्मा नेपाल)
९. सुदर्शन–निबन्धसङग्रह (कमल रिजाल)
१०. कोशीको उडान–कवितासङग्रह (डा.विदुर चालिसे)
११. प्रेमाञ्जली–मुक्तकसङग्रह (विनयकुमार शर्मा नेपाल)
१२. निदाउन नसकेका रातहरु–कथासङग्रह (गोपाल अश्क)
१३. जिलेटिनमा फल–गजलसङग्रह (दुर्गाप्रसाद ग्वालटारे)
१४. ब्रिटिश ओइदर–कथासङग्रह (रामहरि पौड्याल)
१५. राप–उपन्यास (चन्द्रमणि पौडेल)
१६. मानव अधिकार शब्दकोश–शब्दकोश (माधव रेग्मी÷कैलाशकुमार सिवाकोटी)
१७. मुक्तकाञ्जली–मुक्तकसङग्रह (तिलस्मी प्रभास)
१८. सैद्धान्तिक आधार : प्रायोगिक विश्लेषण–समालोचनासङग्रह (जीवन जीवन्त)
१९. अनेक विधा अनेक दृष्टि–समालोचनासङग्रह (अम्बिका अर्याल)
२०. आभास–उपन्यास (विनोदकुमार श्रेष्ठ)































प्रतिक्रिया