विमला दाहाल (बिमु)
कहिले विधवा बनेर कहिले बोक्सी बनेर
आमा बसेकी छिन् गाउँमा एक्लि बनेर
आमा छँदै थिइन मुस्कुराउने एउटा पाटो
तिमी पनि आयौ जिन्दगीमा खुशी बनेर
छोडेर जानेहरु पनि दुखेसो पोख्दै भन्छन्
आजसम्म बसेकि छौ तिमी ढुकढुकी बनेर
छिमेकी बैज्ञानिक बनेर अन्तरीक्षमा पुग्दा
मलाई पनि दुनियाँ हेर्न मन छ चाँदनी बनेर
आफै बेचिएर पनि तिम्लाई बचाउँछु भन्ने नै
आईपुगेको छ आज पहिलो मलामी बनेर





























प्रतिक्रिया