काठमाडौँ

प्रारम्भिक बाल मनोविज्ञानको सूक्ष्म अध्ययन गरी लेखिएको पत्रकार दामोदर न्यौपानेको पाँचौँ कृति ‘स्कूल बेच्ने बालक’ सार्वजनिक भएको छ । "/>

पत्रकार एवं साहित्यकार न्यौपानेको स्कूल बेच्ने बालक सार्वजनिक

पत्रकार एवं साहित्यकार न्यौपानेको स्कूल बेच्ने बालक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रारम्भिक बाल मनोविज्ञानको सूक्ष्म अध्ययन गरी लेखिएको पत्रकार दामोदर न्यौपानेको पाँचौँ कृति ‘स्कूल बेच्ने बालक’ सार्वजनिक भएको छ ।

शिखा प्रकाशनले आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा, सञ्चार विज्ञ विनय कसजु, शिक्षा विज्ञ अञ्जु भट्टराई, बाल अधिकारकर्मी गौरव पोखरेल, शिखा प्रकाशनका अध्यक्ष पुष्पराज पौडेल र साढे चार वर्षीय बालक हार्दिक न्यौपानेले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपकुलपति शर्माले बालबालिकाको मनोविज्ञान बुझ्न परिवारका सबैले पुस्तकबाट ज्ञान लिन सक्ने बताउनुभयो । सञ्चारविज्ञ कसजुले नेपाली साहित्यमा अभावका रुपमा रहेको प्रारम्भिक बाल्यकालको जानकारी दिन पुस्तक सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षा विज्ञ भट्टराईले प्रसिद्ध शिक्षा–मनोवैज्ञानिक जिन पियाजेले आफ्नै सन्तानमा अध्ययन गरी दर्शनका पुस्तक लेखेजस्तै आभास न्यौपानेको पुस्तकबाट पाइने सुनाउनुभयो ।

पत्रकार न्यौपानेले छोरा हार्दिकको प्रारम्भिक बाल विकासका संवेगात्मक दैनिक गतिविधिको सूक्ष्म अध्ययन गरी पुस्तक लेखिएको जानकारी दिनुभयो । ३६८ पृष्ठको पुस्तकको मूल्य रु ४५० छ । पत्रकार न्यौपानेका यसअघि ‘एम्बुसमा पाँच वर्ष’, ‘कर्म’ लगायत चार पुस्तक प्रकाशित छन् । पाँचवटा पुस्तकका लेखक न्यौपानेका चारवटा पुस्तक बाल साहित्यमा आधारित छन् ।
रासस

Skip This
Skip This
Logo