लालबन्दी नगर वाङ्मय परिषद्द्वारा तीन पुरस्कार घोषणा

लालबन्दी नगर वाङ्मय परिषद्द्वारा तीन पुरस्कार घोषणा

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। लालबन्दी नगर वाङ्मय परिषद्ले यसवर्षका तीन पुरस्कार घोषणा गरेको छ । पुरस्कार तथा सम्मान छनोट समितिले विसं २०८२ को भाषा तथा साहित्य पुरस्कार साहित्यकार रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ (आख्यान), साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२ कवि एवं गीतकार दिनेश अधिकारी र स्थानीय प्रतिभा पुरस्कार सोही ठाउँका कृष्ण समर्पणलाई प्रदान गर्ने निर्णय गरेको परिषद्ले जनाएको हो ।

‘मकैको खेती’का लेखक कृष्णलाल अधिकारीको स्मृतिमा स्थापित उक्त पुरस्कार प्राप्त गर्ने अधिकारी दोस्रो हुन् । यसअघि उक्त पुरस्कार साहित्यकार रोचक घिमिरेले पाएका थिए । कवि तथा गीतकार अधिकारी सर्लाही निवासी हुन्। भाषा तथा साहित्य पुरस्कार प्राप्त गरेका क्षितिज नेपाल सरकारका सहसचिव हुन्।

परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार राष्ट्रियस्तरमा ख्याती कमाएका कृति तथा स्थानीय प्रतिभाको सम्मान तथा प्रोत्साहनार्थ पुरस्कार स्थापना गरिएको हो । भाषा तथा साहित्य पुरस्कार र कृष्णलाल अधिकारी स्मृति पुरस्कारको राशि जनही रु ५० हजार तथा स्थानीय प्रतिभा पुरस्कारको राशि रु २५ हजार र सम्मान पत्र रहेको छ ।

Skip This
Skip This
Logo