भानुभक्त पुरस्कार ज्ञानमणि नेपाल र असीम पुरस्कार हरि मञ्जुश्रीलाई

भानुभक्त पुरस्कार ज्ञानमणि नेपाल र असीम पुरस्कार हरि मञ्जुश्रीलाई

केन्द्रबिन्दु
0
Shares

यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङमयको संवद्धनमा पुर्याइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ। सो पुरस्कार यही असार २९ गते २०८औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ। पुरस्कारको राशि एक लाख २५ हजार रहने छ।

त्यस्तै यस वर्षको गोपाल पाँडे असीम पुरस्कार विविध विधाका कृति सिर्जनाका साथै विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने हरि मञ्जुश्रीलाई प्रदान गरिने भएको छ। सो पुरस्कार भने आगामी  साउन ३२ गते परिषद्को ७१औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ। पुरस्कारको राशि ५० हजार रहने छ।

अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो। परिषदबाट ‘आदिकवि पुरस्कार २०५२ र असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ। 

साथै राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २०८औँ जयन्तीका अवसरमा असार २९ गते बिहान भानु मावि रानीपोखरी अगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पणको कार्यक्रम पनि रहेको सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिए। 

Logo