साहित्यकार भाइदाजुको कथासङ्ग्रह ‘कन्था’ बजारमा

साहित्यकार भाइदाजुको कथासङ्ग्रह ‘कन्था’ बजारमा

केन्द्रबिन्दु
0
Shares

साहित्यकार भाइदाजुको कथासङ्ग्रह ‘कन्था’ बजारमा आएको छ। लामो समयबाट शिक्षण पेसामा आबद्ध रहेका भाइदाजुको योभन्दा अघि ‘उज्यालो खोज्दा’ कथासङ्ग्रह प्रकाशित भइसकेको छ। 

उनको कथामा समाजको चित्रण पाइन्छ । सामाजिक क्षेत्रमा घुल्न भ्याएका अनुभव उनका कथाको भुगोलले पनि बताउँछन्। उनका कथामा भेटिएका पात्रहरू हाम्रो आँखा वरपर हिँड्नेहरू छन्। 

ग्रामीण भेगमा हामीले देखेको र भोगेको मनोवृत्ति र घटनाक्रम नै भाइदाजुको कथाका विषयवस्तु हुन् । 

शिखा बुक्सले प्रकाशित गरेको यस सङ्ग्रहको मूल्य रु.२५० तोकिएको छ।  

Logo