काठमाडौं अपडेट: बालेन शाह ३ हजार बढी मतान्तरले अग्रस्थानमा
काठमाडौंका एमाले र कांग्रेस दुवैले पाएको मतको योगफल बालेन एक्लैले पाएको मत भन्दा ६४ मत कम हुन्छ ।
काठमाडौंका एमाले र कांग्रेस दुवैले पाएको मतको योगफल बालेन एक्लैले पाएको मत भन्दा ६४ मत कम हुन्छ ।
भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई पछि पार्दै नेकपा एकालेका उम्मेदवार विजय सुवेदी अग्रस्थानमा उक्लिएका छन् ।
राप्रपाले विभिन्न स्थानीय तह अन्तर्गतका वडाहरूमा हालसम्म विजय प्राप्त गरेका केही स्थानहरू समावेश गरिएको छ ।
धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएको भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै स्थगित भएको हो ।
राजसंस्था र हिन्दु धर्मको पक्षमा उभिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचनमा प्राप्त हुँदै आएको मत परिणामको आधारमा पार्टीको पक्षमा जनमत बढेको दाबी गरेको छ ।
काठमाडौंका एमाले र कांग्रेस दुवैले पाएको मतको योगफल बालेन एक्लैले पाएको मत भन्दा ७९ कम हुन्छ ।
कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । एकीकृत(समाजवादी)बाट टिकट नपाएका कमलबहादुर शाहीले हाँस चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी भएको बताएको छ ।
डडेलधुराको आलिताल गाउँपालिकामा माओवादी केन्द्र र नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।
मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा तीनपक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य गाेकुल बास्काेटाकाे वडामा एमालेकाे प्यानलै विजयी भएकाे छ।
स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा २,६१९ मतले अगाडि छन् ।
यसअघि एउटा वडा मात्रै जितेको कांग्रेसले अहिले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सात वडा जितेको छ ।
अछामको कमलबजार नगरपालिका मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल विजयी भएका छन् । उपमेयरमा एमालेका शारदा विष्ट कुँवर विजयी भएकी छन् ।
रसुवाको आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेसबाट युकहाङवीर हाङ्गाम 'डम्बर' विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार हाङ्गाम २ हजार ८६९ मतसहित विजयी भएका हुन् ।
काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा मतगणना जारी छ।
मकवानपुर जिल्लामा स्थानीय निर्वाचन- २०७९ अन्तर्गत पहिलो महिला वडाध्यक्ष विजयी भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
ताप्लेजनुङका दुई वटा गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । फक्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र र ऐसेलुखर्क गाउँपालिकामा एमाले विजयी भएको हो ।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिका दैलेखको भैरवीमा कांग्रेसले एमालेको गढ भत्काएको छ ।