एमालेबाट घोराहीको मेयर र उपमेयरमा अहिलेकै जनप्रतिनिधि सिफारिस

एमालेबाट घोराहीको मेयर र उपमेयरमा अहिलेकै जनप्रतिनिधि सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि घोराही उपमहानगरपालिकामा हालकै मेयर र उपमेरको नाम सिफारिस गरेको छ । एमाले घोराही उपमहानगर कमिटीको बुधवार बसेको बैठकले मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता सिग्देल न्यौपानेलाई सिफारिस गरेको हो । 

मेयरमा सिफारिस गरिएका चौधरी बहालवाला मेयर हुन् । एमालेको पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्जसमेत रहेका मेयर चौधरी गत निर्वाचनमा २२ हजार ३० मत प्राप्त गरेर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ मत पाएका थिए । तेस्रो स्थानमा आएको माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए ।

भने सीता सिग्देल न्यौपाने उपमेयर हुन् । घोराहीको उपप्रमेयरमा भने न्यौपानेसहित हुमा डिसी र हीरा पुनको नाम पनि सिफारिस भएको छ । पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज उपप्रमुख सिग्देलले गत निर्वाचनमा नै मेयरमा आकांक्षा व्यक्त गरेकी थिइन् । तर, उनलाई पार्टीले मेयरको टिकट नदिएर उपमेयरको टिकट दिएको थियो । अहिले पनि लामो समयदेखि आफूले मेयरको टिकट पाउनुपर्ने दाबी गर्दै आएकी थिइन् ।

Logo