सिन्धुलीस्थित सुनकोशी गाउँपालिकामा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने निर्णयसहित नेपाली कांग्रेसले जिल्ला र प्रदेशस्तरीय गठबन्धन संयन्त्रलाई औपचारिक पत्र पठाएको छ।
सुनकोशी गाउँपालिकाका सात जना वडा सभापतिको संयुक्त बैठकले केन्द्रको निर्णयअनुसार गठबन्धन गर्न आवश्यक नभएको र एक्लै चुनावी मैदानमा भाग लिने भन्दै राजनीतिक संयन्त्रलाई पत्र पठाएका हुन्।
सुनकोशी–५ का वडाध्यक्ष अर्जुनविक्रम थापाको सभापतित्वमा बसेको वडा सभापतिहरूको भेलाले सो निर्णय गरेका हो। नेपाली कांग्रेस र अन्य राजनीतिक दलबीच गठबन्धनका साथै चुनावी अभियानमा जाने कुरा संघ, जिल्ला प्रदेशमा गाउँपालिकामा गठबन्धनसम्बन्धी छलफल भइरहेको भए पनि सुनकोशीले गठबन्धन नगर्ने निष्कर्ष निकालेको निर्णयमा उल्लेख छ।
‘यस गाउँपालिका अन्तर्गतका वडा तथा गाउँपालिका गठबन्धनको पक्षमा नरहेको’ उल्लेख गर्दै वडा सभापतिहरूको निर्णयमा भनिएको छ, ‘हाम्रो गाउँपालिका तथा वडामा कुनै पनि पार्टीसँग गठबन्धन नगरी वडा तथा गाउँपालिकामा एकल उम्मेदवार हुनेछन् ।’ सो निर्णयसँगै गाउँपालिका समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश स्तरिय संयन्त्रलाई औपचारिकरुपमा पत्र पठाएको हो ।
निर्णयमा क्रमशः १ देखि ७ सम्मका वडा सभापतिहरू रामकुमार श्रेष्ठ, विजय मोक्तान, बिशु सूर्यबंशी, हरिकुमार योञ्जन, अर्जुनविक्रम थापा, होमप्रसाद तिमिल्सिना, उत्तमकुमार लामाले हस्ताक्षर गरेका छन्।































प्रतिक्रिया