सत्ता गठबन्धनको निर्णय अस्वीकार गरे कांग्रेस अछामका तीन पालिकाले

सत्ता गठबन्धनको निर्णय अस्वीकार गरे कांग्रेस अछामका तीन पालिकाले

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् । साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । 

नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् । कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको बताए । तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र  एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन  ।

Logo