मतपत्र छाप्न अब बढीमा १० दिन लाग्छः निर्वाचन आयोग

मतपत्र छाप्न अब बढीमा १० दिन लाग्छः निर्वाचन आयोग

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन्। काठमाडौंमा आज आयोजित अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । 

उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ, अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको भनाइ छ। 

मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ। आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ।

आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ।

Skip This
Skip This
Logo