स्थानीय तह निर्वाचनः एकीकृत समाजवादीद्वारा घोषणा पत्र सार्वजनिक

स्थानीय तह निर्वाचनः एकीकृत समाजवादीद्वारा घोषणा पत्र सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। 

मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा.विजय पौडेलले जानकारी दिए । 

त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ।

Logo