वीरगञ्जमा एमाले र लोसपाबीच तालमेल हुने पक्का

वीरगञ्जमा एमाले र लोसपाबीच तालमेल हुने पक्का

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी नेपाल (लोसपा) बीच चुनावी तालमेल हुने पक्का भएको छ। 

स्रोतका अनुसार स्थानीयस्तरमा दुई दलबीच भएको छलफलले तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ तर औपचारिक घोषण गर्न बाँकी छ।

‘मेयरमा एमालेलाई दिने र उपमेयरमा लोसपालाई दिने गरि तालमेल हुने पक्का भएको छ। औपचारिक घोषणा केन्द्रका नेताहरू आएर गर्ने भनिएको छ।’ नाम नखुलाउने सर्तमा स्थानीय एक नेताले भने ’सायद भोलि घोषणा हुन्छ। स्थानीय स्तरबाट चाहिँ टुंगो लागिसकेको छ।’

यता सत्तारुढ गठबन्धनले वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा) लाई मेयर दिने गरि भागबण्डा गरेको छ। यससँगै आगामी वैशाख ३० गते वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि नेकपा एमाले र जसपाबीच प्रतिस्पर्धा हुने भएको छ।

Skip This
Skip This
Logo