कांग्रेसले गर्‍यो विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस

कांग्रेसले गर्‍यो विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ ।कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।

खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए । उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको कांग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए । 

कांग्रेसले बाँफीकोट गाउँपालिका अध्यक्षमा जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ । यसअघिको निर्वाचनमा कांग्रेसले रुकुम पश्चिममाबाट कुनै पनि पालिका जितेको थिएन ।

Logo