गठबन्धनले टुंग्यायो महानगर र उपमहानगरको भागबन्डा, सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी

गठबन्धनले टुंग्यायो महानगर र उपमहानगरको भागबन्डा, सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले दलीय भागबन्डा टुंगो लगाएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

महानगर र उपमहानगरको भागबन्डा मिलेकाले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी रहेको नेता गुरुङले बताए। उनले भने, ‘सिट बाँडफाँटमा सहमति भएको छ। अब केही बेरमा हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्छौं।'

गठबन्धनले ६ महानगर र ९ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति गरिसकेको थियो । बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो। दलहरुले बालुवाटारमा छुट्टा छुट्टै छलफल गरेर भागबन्डा मिलाएका थिए।

Skip This
Skip This
Logo