कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, महानगरका उम्मेदवार तय गरिने

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, महानगरका उम्मेदवार तय गरिने

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको हाे।

‘नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक ०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते बिहान ११ बजे बस्ने भएको छ’, पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।

महानगर पालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने भन्दै बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको थियो । तर, गठबन्धन गर्ने पार्टीको निर्णयप्रति स्थानीय तहमा नेता कार्यकर्ताहरू असन्तुष्ट छन् । 

शुक्रबार बैठक स्थगन गरेर शीर्ष नेताहरूको प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा अनौपचारिक बैठक बसेको थियो।

Skip This
Skip This
Logo