नेकपा एमालेले काठमाडौंको दशवटै नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ। एमाले बागमती प्रदेश कमिटीको बैठकले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको हो।
जसअनुसार कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा रामशरण ढुंगाना र उपमेयरमा शान्ता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कीर्तिपुरको मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा बिन्दु महर्जन, गोकर्णेश्वर मेयरमा उद्धव विष्ट र उपमेयरमा सान्नानी लामा, चन्द्रागिरी मेयरमा उत्तमकुमार राउत र उप मेयरमा बसन्ती श्रेष्ठ, टोखा मेयरमा प्रकाश अधिकारी र उपमेयरमा ज्ञानमाया डंगोललाई उम्मेदवार बनाउने भएको एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिए।
यसैगरी तारकेश्वरको मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भवानी डोटेल‚ दक्षिणकाली मेयरमा श्रीराम आचार्य र उपमेयरमा इन्दिरा पौडेल न्यौपाने, नागार्जुनको मेयरमा नन्दनहरी गौतम र उपमेयरमा सुशीला अधिकारी, बुढानीलकण्ठ नगरपालिकाको मेयरमा मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा, शंखरापुर मेयरमा कृष्ण बजगाई र उपमेयरमा लक्ष्मी केसीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।































प्रतिक्रिया