ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेका पूर्व जिल्ला अध्यक्ष रहेका ब्यञ्जनकारले २०७५ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि पनि दुई वर्ष जिल्ला पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनी हाल नेकपा एमालेको केन्द्रीय सदस्य तथा ललितपुर जिल्लाको सह-इन्चार्ज हुन् ।
२०४८ सालमा नगर कमिटी सचिवको जिम्मेवारी पाएका उनी तत्कालीन समयमा टनकपुर सन्धिको विरोध गरेर चर्चामा आएका थिए। ब्यञ्जनकार गएको निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जन सँग ललितपुरको मेयरमा पराजित भएका थिए। उनैलाई यसपटक पनि एमालेले मेयरको उम्मेदवार बनाएको छ ।































प्रतिक्रिया