पोखरामा एमालेका मेयर र उपमेयरले गरे मनोनयन दर्ता

पोखरामा एमालेका मेयर र उपमेयरले गरे मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकामा एमालेका मेयर र उपमेयरले उम्मेदवारी दर्ता गरेका छन्। मेयरमा कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङले उम्मेदवारी दिएका हुन्। एमालेले अन्तिम समयमा थापालाई मेयरको उम्मेदवार बनाएको हो । 

यसअघि दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनी ‘सुन चोरी काण्ड’मा परेका व्यक्ति भन्दै विवाद भएपछि थापालाई उम्मेदवार बनाएको हो । थापाले प्रदेश सभाबाट राजीनामा दिएर मनोनयन दिएका हुन्न । 

‘आकांक्षी धेरै भएपछि मैले छोडेको थिएँ। अहिले पार्टीले आवश्यकता महसुस गर्यो र उम्मेदवार बनायो,’ उपमेयरकी उम्मेदवार गुरुङले भनिन्, ‘केही गर्न बाँकी छ। यो कार्यकालमा पूरा गर्छु ।’ गुरुङ यसअघि नउठ्ने बताएकी थिइन् । 

मेयर उम्मेदवार थापा २५ वर्षपछि पोखरामा फर्किन पाएकोमा खुशी व्यक्त गरे । ‘म हिजो टिकट नपाउँदा पनि विरोधमा थिइन्। आज अरु पनि हुनुहुन्न्,’ उनले भने, ‘फेरि टिकट पाएँ खुशी छु।’

Logo