हेटौंडामा एमालेले गरायो उम्मेदवारी दर्ता

हेटौंडामा एमालेले गरायो उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरूमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। सोमबार निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा बाजागाजा र र्‍यालीसहित पुगेर उम्मेदवारी दर्ता गराएको हो।

एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् ।

त्यसैगरी उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सीता विष्ट छन्। एमालेले हेटौंडामा रहेको १९ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुको पनि उम्मेदवारी दर्ता गराएको छ ।

मनोनयन दर्तापछि बोल्दै मेयरका उम्मेदवार पौडेलले गठबन्धनले अस्थिरता ल्याउने भएकाले आम मतदाताले गठबन्धनको विरुद्धमा मतदान गर्ने दावी गरे ।

‘हेटौंडाको १९ वटै वडालाई समानुपातिक विकास गरेर उपमहानगरपालिकालाई महानगरको रुपमा विकास गर्न पहलकदमी अगाडि बढाउने छौं ,’ उनले भने ।  

Logo