बर्दिवास नगरपालिकाकाे मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए। लामाे समयदेखि चल्दै आएकाे विवादमा कांग्रेसले चिरञ्जीवी हमाललाई आधिकारिकता दिँदै मेयरकाे टिकट दिएकाे छ।
पार्टीकाे निर्णयप्रति असन्तुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्ररुपमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू दुवै जना साेमबार बिहान एकै समय मेयरकाे उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिवासमा पुगेका थिए ।
बर्दिवास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए। 'हामीले आधिकारिकता पुष्टि गर्न कांग्रेस पार्टीलाई पत्रचार गरेका थियौँ। अहिले हमालको आधिकारिकता भएको पुष्टि गरेको छ।´ उनले भने ।





























प्रतिक्रिया