नेपालगञ्जमा उपमहानगरका तीन जना उम्मेदवारकाे मनोनयन रद्द

नेपालगञ्जमा उपमहानगरका तीन जना उम्मेदवारकाे मनोनयन रद्द

केन्द्रबिन्दु
0
Shares

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका तीन जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज उपमहानगरको वडा नं. १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठक, उपमहानगरपालिका वडा नं. ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं‍. ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो।

पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए। मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए।

एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालो सूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाईंले जानकारी दिए।

यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

Logo