बकैयाको अध्यक्ष छाड्यो माओवादीले

बकैयाको अध्यक्ष छाड्यो माओवादीले

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दिएकी लक्ष्मीमाया माझी कृपाले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई सघाउन उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छन् ।

गठबन्धनको निर्णयअनुसार बकैयाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ ।

Logo