भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन्

भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन्

केन्द्रबिन्दु
0
Shares

कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद  भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । 

उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए ।

पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका हुन् । भरतपुरमा गठबन्धनको तर्फबाट रेनु दाहाललाई उम्मेदवार बनाएको छ । पौडेल मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आएका थिए । तर, पौडेललाई मनाउन नसकेपछि दुबै मन्त्री आजै काठमाडौ फर्किएका छन् । 

Logo