निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुलाई आज निर्वाचन चिह्न दिने भएको छ ।
हिजो निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रनेछन्। उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ। त्यसपछि उम्मेदवारहरूले आफ्नो निर्वाचन चिह्न लिएर प्रचार-प्रचार गर्न पाउनेछन् ।





























प्रतिक्रिया