जगन्नाथ पौडेलले पाए चुनाव चिह्न ‘भुइँकटहर’

जगन्नाथ पौडेलले पाए चुनाव चिह्न ‘भुइँकटहर’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेल लगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो।

कांग्रेसले मेयरका उम्मेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ। भरतपुरको मेयरका लागि ३० जनाले उम्मेदवारी दिएकामा शुक्रबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

मेयरका स्वतन्त्र उम्मेदवार सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले आँप, हरिश्चन्द्र घिमिरेले जेब्रा, मिलन अधिकारीले हाँस, मोहित पाण्डेले पुतली, यामकान्त शर्मा कँडेलले लौरो, योगलाल श्रेष्ठले खानेपानीको धारा, रमेश भण्डारीले कैँची, रामकृष्ण ओझाले गुलाबको फुल, उद्वव अर्यालले व्याडमिन्टन र कुलराज कँडेलले खरायो चुनाव चिह्न पाएका छन्।

दलका उम्मेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन्। गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्नेछन्।

Skip This
Skip This
Logo