आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यमहरुलाई आयोगको आग्रह

आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यमहरुलाई आयोगको आग्रह

केन्द्रबिन्दु
0
Shares

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यमहरुलाई पुनः आग्रह गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरित आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुको गम्भीर ध्यानाकर्षण गराए। सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्यहरु निर्वाचन आचारसंहिता विपरितका भए त्यसले आम मतदाताहरुमा नकारात्मक असर पर्नेतर्फ पनि सञ्चार माध्यामहरुलाई सचेत गराए। 

निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिवद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नै नरहेको तर्क समेत गरे।

कार्यक्रममा सार्वजनिक गरिएको सामूदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मकरुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराएको छ। 

Skip This
Skip This
Logo